काठमाडौं । विन नेपाल लघुवित्तले चैत्र २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गर्ने छ।
यस निष्काशनमा चैत्र २६ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।