भैरहवा । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको तेह्रौ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट रुमाखर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष मधुसुदन आचार्य, प्रथम उपाध्यक्ष अमित थापा, उपाध्यक्ष झबिन्द्र बहादुर चोखाल, महासचिवनमा बालकिसुन गुप्ता बानिया, सचिवमा लिला प्रसाद श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा रविन खरेल, सदस्यमा अकलेश अग्रहरी, युवराज क्षेत्री, अमित कुमार चौधरी, एकनारायण पाण्डे र राम बिहारी जैसवाल निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत शेषमणि पोखरेलले मंगलवार सपथ ग्रहण गराएका छन् ।
पदस्थापन समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष रुपमाखर गौतमले भारतीय गाडीहरुलाई नेपालमा निर्वाध रुपमा चल्न दिँदा समस्या आएको बताउँदै ट्रक व्यवसायी एक भएर भन्सार बिन्दुुबाट पल्ट्रि गर्न मिल्ने समान भन्सारबाट नै ओभरलोड नहुने गरी काम गर्न लाग्ने बताए ।
ट्रक व्यवसायीका समस्या राम्रो सँग बुुझेकाले व्यवसायीको हकहितका लागि आफूले समय खर्च गर्ने बताए । ट्रक व्यवसायीमा धेरै समस्या रहेकाले समाधानका लागि निरन्तर लाग्न नयाँ कार्यसमितिलाई संस्थापक अध्यक्ष बिष्णुप्रसाद खरेलले आग्रह गरे ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघले ओभरलोडका कारण सडक भत्किएको भन्दै बारम्बार सरोकारवाला निकायहरुलाई घचघच्याउँदै आएको छ । २०६७ सालमा बिष्णुप्रसाद खरेलको संयोजकत्वमा स्थापना भएको समितिमा ५ सय ९७ ओटा ट्रक रहेका छन् ।