शीर्षकहरू

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो । कुलमान घिसिङलाई बर्खास्त गर्दा प्रतिपक्ष दलका  साथै सत्तारुढ दलकै नेताहरुले चर्को विरोध गरेका थिए  ।