शीर्षकहरू

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

काठमाडौं ।  ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँडमा १ लाख ४७ हजार ६०० जनाले १० कित्ताको दरले शेयर हात पारेका छन् । कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। 

सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको छ भने २ लाख ८ हजार २७८ वटा आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । आईपीओ पाउन योग्य १७ लाख ६९८ जना आवेदकको हात खाली भएको छ । 

आईपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ  हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ भने मेरोसेयर एपमार्फत पनि आईपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।