काठमाडौं । स्काईवेलले पूर्वी नेपालको इटहरीमा आफ्नो सोरुम खोलेको छ । चैत ११ गते प्रमुख अथिती, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राईले रिबन काटेर बिक्री कक्षको उद्घाटन गरेका हुन।
उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालको उपस्थिति रहेको थियो ।
नेपालमा पाईने विद्युतीय सवारी साधनहरुमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेञ्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा कम्पनीले एक बर्षअघि भित्र्याएको थियो ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्टेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ । स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको कम्पनीले जनाएको छ ।
भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्षअघि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण शुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक बर्षभित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरु नेपालमा बिक्री गरिसकेको छ ।