शीर्षकहरू

बालेनले भने, ‘एक हप्तामा महानगरका कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु’

बालेनले भने, ‘एक हप्तामा महानगरका कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सरकारको दम्भका कारणले गर्दा महानगरका कर्मचारीले ३ महिनादेखि तलब नपाएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले अबको एक हप्तासम्म पनि तलब नपाए टुकुचामा गाडिदिने धम्की दिएका छन् । 

उनका अनुसार महानगरका सरसफाइ कर्मचारीले बिगत ३ महिनादेखि तलब पाएका छैनन् । उनले फेसबुकमा लेखेका छन्, 'को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ।’

null