शीर्षकहरू

हिमालयन लाइफको १ लाख ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन लाइफको १ लाख ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी १ लाख ५८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्री खुला भएको जनाएको हो । 

विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । सूचना अनुसार उक्त शेयर विद्यमान संस्थापकहरुका लागि बिक्री गर्न लागिएको हो । 

खरिद गर्न इच्छुकले कम्पनीको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ । त्यस मितिसम्म आवेदन नपरेमा आम सर्वसाधारण, जुनसुकै संस्था र कम्पनीलाई सो शेयर बिक्री गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।