शीर्षकहरू

कुमारी बैंकको १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्री खुला भएको जनाएको हो । 

विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । सूचना अनुसार उक्त शेयर विद्यमान संस्थापकहरुका लागि बिक्री गर्न लागिएको हो । 

खरिद गर्न इच्छुकले बैंकको केन्द्रीय कार्यालय, टंगाल र कुमारी क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा आवेदन दिनु पर्नेछ । आवेदन ३५ दिनभित्र दिनुपर्ने बैंकले जानकारी दिएको छ । त्यस मितिसम्म आवेदन नपरेमा आम सर्वसाधारण, जुनसुकै संस्था र कम्पनीलाई सो शेयर बिक्री गर्ने पनि बैंकले स्पष्ट पारेको छ ।