शीर्षकहरू

हुन्डाईको क्रेटा ईभी सार्वजनिक, नेपालमै बनेपछि क्रेटा आईसको मूल्य घट्यो

हुन्डाईको क्रेटा ईभी सार्वजनिक, नेपालमै बनेपछि क्रेटा आईसको मूल्य घट्यो

काठमाडौं । हुन्डाईले क्रेटा ईभी र नेपालमै एसेम्बलिङ भएकाे क्रेटा आईसीई गाडी सार्वजनिक गरेको छ। साेमबार एक कार्यक्रमका बीच नेपालका लागि हुण्डाईको आधिकारीक आयातकर्ता तथा बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उक्त एसयूभी कारहरू सार्वजनिक गरेकाे हाे ।

कम्पनीका अनुसार क्रेटा ईभी ४ भेरियन्टमा पाउन सकिन्छ । क्रेटा ईभी एक्जुकेटिभ, क्रेटा ईभी स्मार्ट, क्रेटा ईभी स्मार्ट (ओ) र क्रेटा ईभी प्रिमियम प्लस भेरियन्टमा उक्त गाडीहरू उपलब्ध छ । जसमध्ये शुरूवाती भर्जन अर्थात क्रेटा ईभी एक्जुकेटीभकाे मूल्य ५१ लाख ९६ हजार रूपैयाँ र प्रिमियम प्लसको ५९ लाख ९६ हजार रुपैयाँ रहेकाे छ। 

यसैगरी, स्मार्ट र स्मार्ट (ओ)काे मूल्य ५४ लाख ९६ हजार र ५६ लाख ९६ हजार रूपैयाँ रहेकाे छ । 

क्रेटा ईभीका विषेशताहरू

क्रेटा ईभीमा ४२ किलोवाट आवर ब्याट्री रहेकाे छ ।  ३९० किमी रेञ्ज दिने कम्पनीले जानकारी दिएको छ । ९९ किलोवाटको मोटर रहेको गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ।  ७.९ सेकेन्डमै १०० किमीको स्पिडमा कुद्न सक्छ। याे गाडी माइनस ३५ डिग्रीसम्म चल्न सक्छ।
  
११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्मकाे वारेन्टी रहेको छ। 

गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।  
 
तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्रि र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुनेछ। हाल एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुने छ।

nullनेपालमै बनेपछि घट्याे क्रेटा आईसीईकाे मूल्य

नेपालमै एसेम्बलिङ हुन थालेपछि क्रेटा आईसीईकाे मूल्य घटेकाे छ । कम्पनीले साेमबार नेपालमा बनेकाे क्रेटा आईसीई सार्वजनिक गर्दै आयात गरिएको क्रेटा भन्दा नेपालमै बनेको क्रेटाको मूल्य ९ लाख रुपैयाँले सस्तो भएको जनाएको छ ।  

कम्पनीले नेपालमै बनेकाे क्रेटा आईसीईकाे ५ भेरियन्टकाे मूल्य सार्वजिनक गरेकाे छ । क्रेटा ई पेट्रोल एमटी, क्रेष्ट एस (ओ) एमटी, क्रेष्ट एसएक्स एमटी, क्रेष्ट एस (ओ) सीटीभी र क्रेष्ट एसएक्स (ओ) सीटीभीको मूल्य सार्वजनिकको मूल्य सार्वजनिक गरेको हो । कम्पनीका अनुसार क्रेटा ईकाे मूल्य ५३ लाख ९६ हजार रूपैयाँमा रहेकाे छ भने क्रेटा एसकाे मूल्य ६३ लाख ९६ हजार रूपैयाँ रहेकाे छ ।

यसैगरी, क्रेटा एसएक्स एमटी, एस (ओ) सीटीभी र एसएक्स (ओ) सीटीभीकाे मूल्य क्रमशः ६६ लाख ९६ हजार, ६७ लाख र ९६ हजार र ७८ लाख ९६ हजार रूपैयाँ रहेकाे छ । 

nullnullनेपालमा क्रेटाले १० वर्ष अघि सार्वजनिक गरेको हुन्डाईका मोडल मध्ये नेपालमा धेरै बिक्री हुनेमा एसयूभी हो। कम्पनीका अनुसार पछिल्लाे १० वर्षमा नेपालमा हुन्डाईका १० हजार बढी गाडी बिक्री भइसकेका छन् ।