शीर्षकहरू

मन्त्रिपरिषद्ले गठन गर्यो गभर्नरका लागि सिफारिस समिति

मन्त्रिपरिषद्ले गठन गर्यो गभर्नरका लागि सिफारिस समिति

काठमाडौं । मन्त्रिपरिषद्को  आज बसेको  बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ। 

सोमबार राति बसेको बैठकले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गभर्नर सिफारिस समिति बनाएको हो। यसमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजय भट्टराई सदस्य रहेको एक मन्त्रीले  जानकारी दिए।

हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।  गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ ।