काठमाडौं : नेपाल धितोपत्र बोर्डले सान्भी इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई करिब ३८ करोड बराबरको आईपीओ बिक्रीका गर्न अनुमति दिएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा १०० रुपैयाँ अंकित दरले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिएको थियो । कम्पनीले ४३.०७ प्रतिशत शेयर सर्वसाधरणमा बिक्री गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्काशनको लागि यसअघिनै नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
सान्भी इनर्जी लिमिटेड एक पब्लिक लिमिटेड कम्पनी हो । कम्पनी सन् २०२० मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । सान्भीको २ वटा जलविद्युत आयोजना छन् ।
कम्पनीले प्रवर्धन गरेका आयोजनामध्ये जोगमाया खोला साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेर बिक्री समेत थालिसकेको छ । यो आयोजना ७.६ मेगावाटको छ।
कम्पनीको जोगमाया खोला क्यासकेड जलविद्युत आयोजना भने निर्माणाधीन अवस्था छ । उक्त आयोजना ५.२ मेगावाटको हो ।