काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १०.३३ प्रतिशतले वृद्धि भएको छ । गत आवको फागुन मसान्तसम्म ९८ अर्ब ५३ करोड रुपैयाँ कुल व्यापार गरेका कम्पनीहरूले चालु आवको सोही अवधिमा १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँको व्यापार गरेका हुन् ।
यो अवधिमा धेरै व्यापार वृद्धि गर्ने कम्पनीहरूमा रिलायबल लाइफ र सिटिजन लाइफ रहेका छन् । रिलायबलले २०.६६ प्रतिशतले व्यापार वृद्धि गर्दा सिटिजनले २०.४३ प्रतिशतले वृद्धि गरेको छ ।
यसैगरी, नेशनल लइफ, प्रभु महालक्ष्मी लाइफ, सूर्यज्योति लाइफले क्रमशः १७.८७, १७.६३ र १७.२९ प्रतिशतले व्यापार वृद्धि गरेका छन् । यता, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार भने घटेको छ ।
अन्य कम्पनीको अवस्था कस्तो ?