शीर्षकहरू

दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) चैत्र १० गते आइतबार थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आइतबार सूर्योदय वोमी लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजीको ६ प्रतिशतले हुन आउने ६ लाख २६ हजार १९९ दशमलव ७९ कित्ता र सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको चुक्ता पुँजीको १३।७७५ प्रतिशतले हुन आउने १ लाख ४८ २४५ दशमलव ०९ कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ ।

आइतबार सूचीकृत भएको  शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न मिल्ने छ ।