शीर्षकहरू

प्रभु महालक्ष्मी लाइफले सार्वजनिक गर्यो २०८२ सालको भित्तेपात्रो

प्रभु महालक्ष्मी लाइफले सार्वजनिक गर्यो २०८२ सालको भित्तेपात्रो

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेबल क्यालेन्डर सार्वजनिक गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेन्डर सार्वजनिक गर्दै उनले कम्पनीले तिथि मिति तथा सार्वजनिक बिदाहरू समेटिएको क्यालेण्डर समयमै प्रकाशित गरेको बताए । भित्तेपात्रो तथा टेबल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने पनि उनले जानकारी दिए।

कार्यक्रममा सीईओ प्रसाई लगायत उच्च व्यवस्थापकको सहभागिता रहेको थियो ।