शीर्षकहरू

गभर्नर र नेप्सेको सिईओ छनौटमा बिलम्व हुँदा शेयर बजार बन्यो झनै 'प्यानिक'

गभर्नर र नेप्सेको सिईओ छनौटमा बिलम्व हुँदा शेयर बजार बन्यो झनै 'प्यानिक'

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर तथा नेपाल स्टक एक्सचेञ्जको सिईओ छनोटमा बिलम्ब हुँदा त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । गभर्नर तथा नेप्सेको सिईओको छनौटको प्रक्रिया अघि बढेपनि निष्कर्षमा पुग्न नसक्दा शेयर लगानीकर्ता अत्तालिन थालेका हुन । 

पछिल्लो समयमा विकशीत भएका राजनैतिक घटनाक्रमहरुले पनि बजारलाई थप प्रभावित पारेको छ । नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएपछि पनि देखिनेगरी बजार सुधारका कामहरु हुन नसक्दा लगानीकर्ताहरुको मनोबल झनै खस्कदै गएको देखिन्छ । गत वर्षको मुनाफाबाट घोषणा गरिएका लाभांश, कतिपय कम्पनीको हकप्रद र केही कम्पनीहरुको लकइन प्रिरियड खुला हुँदा बजारमा सप्लाई बढ्दै जाने तर माग सिर्जना गर्ने गतिविधिहरु नुहँदा पनि शेयर बजार थप ओरालो लागेको हो । 

शेयर लगानीकर्ताहरुले धर्यता गुमाउँदा पछिल्लो ६ काराबोर दिनदेखि नेप्से निरन्तर ओरालो लागेको छ । आइतबार नेप्से सूचक ५४.६२ अंकले घटेर २६१४.६८ मा झरेको छ । यसदिन ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसदिन कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । 

आजको बजारमा १३ कम्पनीको मूल्य बढ्दा २३० कम्पनीको मूल्य घटेको छ । आइतबार ३१७ कम्पनीको १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 null