काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओ बाँडफाँड गर्ने मिति तय भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार शेयर बाँडफाँड गर्ने जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि फागुन २७ गतेदेखि चैत ३ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १४ लाख ७६ हजार कित्ता शेयर आम सर्वसाधारणका लागि जारी गरेको थियो ।
कम्पनीले जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा १ लाख ८० हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, ५४ हजार कित्ता शेयर कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने कम्पनी हो । कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी रहेको छ।