शीर्षकहरू

सुनको भाउ तोलामा ९०० रुपैयाँले  घट्यो

सुनको भाउ तोलामा ९०० रुपैयाँले  घट्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । 

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।