शीर्षकहरू

संघीय संसदका दुई समितिको बैठक आज बस्दै

संघीय संसदका दुई समितिको बैठक आज बस्दै

काठमाडौं । आइतबार संघीय संसद्का दुई समितिको बैठक बस्दैछ । समितिको दुईवटै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको साठियौं बैठक बिहान ११ बजे बस्दैछ । 

समिति सचिव रामहरि थापाका अनुसार बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको देहायको प्रतिवेदनमाथि छलफल हुनेछ । 

जसअन्र्तगत सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन, २०८१, मधेश प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन, २०८१, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ ।

यसैगरी, आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ ।  बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुदैछ ।