काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख ६ गतेका लागि सभा आह्वान गरेको हो । सभामा कम्पनीले आईपीओ निष्काशन सम्बन्धी प्रस्तावलाई यथार्थ अविछिन्न ग्रहण गर्ने र सोही अनुसार यथाशिर्घ कार्यान्वयनमा ल्याउने निर्णय गर्नेछ ।
कम्पनीले २०८० पौषमा आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको छ । ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बोर्डमा निवेदन दिएको एक वर्ष वितिसक्दा पनि स्वीकृति भने पाएको छैन ।
क. सामान्य प्रस्ताव:
१. कम्पनीको अध्यक्षबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२. आ.व. २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३. आगामी वर्ष २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
ख. विशेष प्रस्तावः
१. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।
२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा देखिएको केरमेटलाई शुद्धाशुद्धि गर्ने सम्बन्धमा ।
३. तेस्रो साधारण सभा (आ.व. २०७९ / २०८०) ले पारित गरी निर्णय अभिलेख भई कम्पनी रजिस्ट्रार तथा धितोपत्र बोर्डमा समेत सूचना अध्यावधिक भई सकेको प्रारम्भिक सार्वजनिक निष्कासन (आई.पी.ओ.) सम्बन्धी प्रस्तावलाई यथावत अविछिन्न रुपमा ग्रहण गर्ने र सोही अनुरूप यथाशीघ्र कार्यान्वयनमा ल्याउने सम्बन्धमा ।
४. कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको सूचना अद्यावधिक गर्ने सम्बन्धमा ।