काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एक प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व हुने लगानीकर्ताको संख्या २२ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को विवरण अनुसार ठूला शेयरधनीहरुको संख्या २२ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै कान्तिपुर पब्लिकेशन प्रालि र सुमित कुमार अग्रवालको रहेको छ । कान्तिपुर र सुमितको सो कम्पनीमा समान २० लाख ४७ हजार ५०० कित्ता शेयर तथा ५.२०/५.२० प्रतिशत स्वामित्व रहेको छ भने प्रदीप जंग पाण्डेको १४ लाख ४३ हजार ७५० कित्ता शेयर तथा ३.६७ प्रतिशत स्वामित्व रहेको छ । प्रदीप सो कम्पनीको अध्यक्ष हुन भने सुमित सञ्चालक समितिको सदस्य हुन् ।
यसैगरी, विकास जेबी राणा, सुष्मा राणा र यति वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको समान १४ लाख १७ हजार ५०० कित्ता शेयर तथा ३.६०/३.६० प्रतिशत स्वामित्व रहेको छ । एयर डाइनास्टी हेली सर्भिस प्रालिको ८ लाख ४२ हजार ६२५ कित्ता शेयर तथा २.१४ प्रतिशत स्वामित्व छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान ६ लाख ३० हजार कित्ता शेयर तथा १.६०/१.६० प्रतिशत स्वामित्व रहेको छ ।
त्यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको १.४० प्रतिशत, राम अग्रवालको १.३२, गुडविल फाइनान्स लिमिटेडको १.२०, प्रिमियर वायरलेस प्रालिको १.२०, अनुज लक्ष्मी धितालको ०.९६, क्याबिनेट श्रेष्ठको ०.९६, सुजन वैद्यको ०.९६ र सन्दिप पाख्रिन लामाको ०.९० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यस्तै, पृथ्वी बहादुर पाडे र शिखर इन्स्योरेन्सको समान ०.८६/०.८६ प्रतिशत शेयर स्वामित्व हुँदा हिमालयन इन्फ्रास्ट्रक्चर फण्डको ०.८० प्रतिशत स्वामित्व रहेको छ ।