शीर्षकहरू

नीतिगत सुधार गरेर साना जलविद्युत आयोजनाका समस्या समाधान गरिन्छ : उर्जामन्त्री खड्का

नीतिगत सुधार गरेर साना जलविद्युत आयोजनाका समस्या समाधान गरिन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत आयोजनाका समस्या समाधान गरिने बताएका छन।

ग्रीन इनर्जी आन्टरप्रेनर नेपालले आज यहाँ आयोजना गरेको ‘साना जलविद्युत आयोजनाहरुको दिगो सञ्चालन सम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा उनले साना जलविद्युत आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताएका हुन् ।

 “साना जलविद्युत आयोजनाका समस्या एकैठाउँमा राखेर छलफल गरौँ, के–के संशोधन गर्नुपर्ने छ, समस्या समाधान गर्न मन्त्रालय तयार छ,”–उनले भने । उर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । ​​​​​​​

उर्जामन्त्री खड्काले साना जलविद्युत आयोजना सँगसँगै मुलुकको समग्र उर्जा क्षेत्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरे। संस्थागत रुपमा रहेका तहगत वेतिथीको पनि समाधान खोज्दै जानुपर्ने उनको भनाई थियो ।