शीर्षकहरू

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ

काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

एसोसियसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली,सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

एशोसियसनको १९ औं वार्षिक साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन,अध्यक्षको प्रतिवेदन, आ।व। २०८१/८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

null