शीर्षकहरू

१ तोला सुनको भाउ १ लाख ७६ हजार

१ तोला सुनको भाउ १ लाख ७६ हजार

काठमाडौं । आज बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुनको भाउ आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ रहेको छ । हिजो बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५० हजार ८ सय ९० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रूपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ४० रुपैयाँ ५० पैसा तोकिएको छ ।