काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले निष्काशन गरेकाे मिचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत एमबीएल इक्विटी फण्ड नामको म्युचुअल फण्डको इकाई निष्काशन गरेकाे थियाे । जसमा चैत ७ गते, बिहिबारसम्म आवेदन दिन सकिने छ ।
१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरिएकाे क्यापिटलले जानकारी दिएको छ । प्रति इकाई १० रुपैयाँमा खरिद गर्न सकिने छ । कुल निष्काशन मध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाई कोष प्रबर्दक माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई छुट्याइएको जनाइएको छ ।
बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने क्यापिटलले उल्लेख गरेको छ । यो बन्दमुखी प्रकृति योजनाको हो । जसको अवधि १२ वर्ष रहेको छ ।
उक्त इकाईमा फागुन २२ देखि आवेदन खुलाइएकाे थियाे । न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाई खरिदका लागि आवेदन दिन सकिने छ ।