काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले चैत्र ३ गते हकप्रद निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्नुपर्ने बाध्यकारी व्यवस्थ गरेको थियो । प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेपछि कम्पनीले हकप्रदको बाटो रोजेको थियो ।
कम्पनीले चुक्ता पुँजी पुर्याउनका निम्ति हकप्रद जारी गर्न अनुमति माग गर्दै बोर्ड निवेदन दिएको थियो । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।