शीर्षकहरू

विद्यालयको पाठ्यक्रममा वित्तीय साक्षरता राख्ने तयारी

विद्यालयको पाठ्यक्रममा वित्तीय साक्षरता राख्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने पहल भइरहेको बताएका छन् । ग्लोबल मनी वीकको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्यालयको पाठ्यक्रममा नै वित्तीय शिक्षा राख्ने पहल भइरहेको बताए । 

पाठ्यक्रममा वित्तीय साक्षरतालाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया कार्यक्रम पनि गरेको उनले जानकारी दिए । 

यस अघि उनले नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाको रुपमा लिएको बताए । त्यसको अर्थ  'सबै सर्वसाधारणको बैंकका खाता होस र ति खाताहरू सक्रिय रुपले चलुन’ भन्ने उद्देश्य भएको उनको भनाई छ । यस्तै उनले विद्यालयका विद्यार्थीहरूलाई बचतमा ध्यान दिन पनि सुझाएका थिए ।

उनले विद्यार्थीलाई सुझाव दिइँदै भने, 'आफूले आर्जन गरेको वा बा आमाले दिएको मध्ये केही रकम बचाएर राख्नुस्, त्यो बचत बैंक मार्फत गर्नुस्, जसले हाम्रो भविष्यलाई सुरक्षित गराउँछ ।’