शीर्षकहरू

एनआईसी एशियाको निक्षेप करिब ६२ अर्बले घट्दा कर्जा साढे ३५ अर्बले घट्यो, अन्य बैंकको के छ अवस्था ?

एनआईसी एशियाको  निक्षेप करिब ६२ अर्बले घट्दा कर्जा साढे ३५ अर्बले घट्यो, अन्य बैंकको के छ अवस्था ?


काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनमा एनआईसी एशिया बैंकको निक्षेप ६१ अर्ब ८६ करोडले घटेको छ । नेपाल बैकर्स संघका अनुसार असार मसान्तसम्म एनआईसी एशिया बैंकमा ३ खर्ब ६० अर्ब ५४ करोड निक्षेप रहेको थियो । फागुन मसान्तमा आइपुग्दा बैंकको निक्षेप २  खर्ब ९८ अर्ब ६८ करोडमा झरेको छ ।

यस्तै बैंकको निक्षेपसँगै कर्जा समेत घटेको छ । असार मसान्तमा २ खर्ब ८५ अर्ब ३३ करोड कर्जा प्रवाह गरेकोमा फागुनमा २ खर्ब ४९ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ । तथ्यांक अनुसार बैंकमा ३५ अर्ब ४३ करोडले कर्जा घटेको हो ।

बैंकर्स संघका अनुसार ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुमा २ खर्ब ८२ अर्ब २७ करोडले निक्षेप बढ्दा २ खर्ब ७८ अर्ब ६८ करोडले कर्जा प्रवाह बढेको छ । ८ महिनाको अवधिमा संकलन भएको निक्षेप भन्दा २ अर्ब ५९ करोड कम कर्जा प्रवाह भएको छ ।  

८ महिनाको अवधिमा सबैभन्दा निक्षेप बढाउन भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सफल भएको छ । इन्भेष्टमेन्ट मेगा बैंकले ४५ अर्ब ८४ करोडले निक्षेप बढाएको छ । कर्जा भने ग्लोबल आईएमई बैंक अगाडि देखिएको छ । ग्लोबलले ३९ अर्ब ६ करोडले कर्जा बढाएको छ । समीक्षा अवधिमा एनआईसी एशिया बाहेक सबै बैंकको निक्षेपमा सुधार आएको छ । एनआईसी, प्रभु र स्ट्याण्र्डड चार्टड बैंकको कर्जा घटेको छ । 

७ बैंकको निक्षेप संकलन भन्दा कर्जा प्रवाह धेरै

गत असारमा २० वाणिज्य बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब रूपैयाँ रहेकोमा फागुनसम्म आइपुग्दा बढेर ६० खर्ब ३७ अर्ब रूपैयाँ पुगेको छ । त्यस्तै, कर्जा ४५ खर्ब ७० अर्बबाट बढेर ४८ खर्ब ५० अर्ब पुगेको छ ।  यो अवधिमा ७ वाणिज्य बैंकले निक्षेपभन्दा धेरै कर्जा विस्तार गरेका छन् । सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्जाको वृद्धिदर निक्षेपको तुलनामा धेरै छ ।

औसत सिडी रेसीयो ७९.२९ प्रतिशत 

चालु आवको फागु्न महिनासम्म २० वाणिज्य बैंकहरुको औसत सिडी रेसीयो ७९.२९ प्रतिशत कायम भएको छ । यस अवधिमा सबैभन्दा धेरै माछापुच्छ्रेको बैंकको ८५.६५ प्रतिशत तथा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको ६३.८६ प्रतिशत रहेको छ । 

BANKS      (Note: Amount in Billiions) Ashad, 2081 Falgun, 2081 Change Ashad, 2081 Falgun,2081 Change CD(%)   
  Agricultural Development Bank Ltd 243.76 253.28 9.52 207.09 208.78 1.69 76.99%  
  Citizens Bank International Ltd 191.67 201.83 10.16 157.59 169.89 12.30 84.32%  
  Everest Bank Ltd 233.29 267.76 34.47 186.50 224.08 37.58 83.52%  
  Global IME Bank Ltd 504.89 533.23 28.34 390.77 429.83 39.06 77.95%  
  Himalayan Bank Ltd 297.72 303.04 5.32 247.11 251.20 4.09 82.20%  
  Kumari Bank Ltd 350.76 356.59 5.83 293.41 301.09 7.68 82.58%  
  Laxmi Sunrise Bank Ltd 333.56 350.51 16.95 258.63 284.72 26.09 81.05%  
  Machhapuchchhre Bank Ltd 161.34 168.09 6.75 131.14 145.19 14.05 85.65%  
  Nabil Bank Ltd 468.76 503.25 34.49 388.35 414.39 26.04 82.34%  
  Nepal Bank Ltd 283.15 309.98 26.83 207.94 225.61 17.67 72.78%  
  Nepal Investment Mega Bank Ltd 406.80 452.64 45.84 328.86 351.69 22.83 76.76%  
  Nepal SBI Bank Ltd 175.42 181.45 6.03 132.97 139.85 6.88 76.07%  
  NIC Asia Bank Ltd 360.54 298.68 -61.86 285.33 249.90 -35.43 83.61%  
  NMB Bank Ltd 227.10 266.86 39.76 204.61 233.74 29.13 83.33%  
  Prabhu Bank Ltd 312.23 312.91 0.68 235.91 234.56 -1.35 74.97%  
  Prime Commercial Bank Ltd 215.53 242.69 27.16 193.93 215.72 21.79 84.99%  
  Rastriya Banijya Bank Ltd 429.14 447.55 18.41 261.78 289.20 27.42 63.86%  
  Sanima Bank Ltd 199.38 215.06 15.68 165.78 179.68 13.90 80.65%  
  Siddhartha Bank Ltd 244.90 246.31 1.41 203.55 215.64 12.09 83.65%  
  Standard Chartered Bank Nepal Ltd  114.83 125.33 10.50 89.66 85.83 -3.83 68.48%  
INDUSTRY TOTAL / AVG 5754.77 6037.04 282.27 4570.91 4850.59 279.68 79.29%