शीर्षकहरू

रिलायबल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँ पाउने

रिलायबल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँ पाउने

काठमाडौं ।  रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा बीमितलाई वितरण गर्ने बोनस दर सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको दर अनुसार बीमितले अधिकतम प्रतिहजार ७५ रुपैयाँ पाउँनेछन् । रिलायबल सावधिक जीवन बीमा पोलिसि २० वर्ष वा सो भन्दा अधिक अवधिका लागि खरिद गरेका बीमितले बोनस स्वरूप प्रति हजार बराबर ७५ रुपैयाँ पाउनेछन् । यस्तै, रिलायबल उच्च शिक्षा योजना पोलिसि २० वर्ष वा सो भन्दा धेरै अवधिका लागि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउने जनाइएको छ । यो बालबच्चाका लागि जारी गरिने पोलिसि हो । 

यस्तै उच्च शिक्षा योजना र सावधिक जीवन बीमालेख १५ वर्षदेखि १९ वर्षका लागि खरिद गर्ने बीमितले ६२ रुपैयाँ बोनस पाउनेछन् । कुन बीमालेखमा कति बोनसदर पाइन्छ भनेर कम्पनीको वेवसाइटमा गएर हेर्न सकिने छ ।