काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले 'टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । बैंकले फोनपे र एफवान सफ्ठको सहकार्यमा यस्तो अफर ल्याएको हो ।
यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहारमा आईफोन १६ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० रुपैयाँकोे मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकले जनाएको छ । हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् भने अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई आईफोन १६ प्रदान गरिने जनाइएको छ ।
यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ ।