शीर्षकहरू

रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको थियो । शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ रुपैयाँ पुगेको थियो । 

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५३ पैयाँ ५० पैसा तोकिएको छ ।