काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड विभिन्न ५ वटा कम्पनीहरुमा रहेकाे आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले बीमा कम्पनी सहित विभिन्न ५ कम्पनीमा आफ्नो स्वामित्वमा रहेको साढे १४ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।
बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रहेकाे १० लाख कित्ता, जीवन विकास लघुवित्त वित्तीय संस्थामा रहेकाे २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमि लघुवित्त वित्तीय संस्थामा रहेकाे ५९ हजार ६० कित्ता, नागरिक लगानी कोष र सूर्यज्योति लाइफ इन्स्योरेन्समा रहेकाे समान ५०/५० हजार कित्ता शेयर बिक्री गर्ने भएकाे छ।
नागरिक लगानी कोषको शेयर खरिद गर्नका लागि न्यूनतम् १० कित्ताका लागि आवेदन दिनुपर्ने छ । जसको न्यूनतम् मूल्य ६९६ रुपैयाँ रहेको छ । यसैगरी, सूर्योदय वोमिको नाममा रहेको शेयर खरिदका लागि न्यूनतम् ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । जसको न्यूनतम् मूल्य २६९ रुपैयाँ तोकिएको छ । सूर्यज्योति लाइफको शेयर खरिदका लागि न्यूनतम् ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । जसको न्यूनतम् मूल्य १५९ रुपैयाँ रहेको छ ।
यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चरको नाममा रहेको शेयरको मूल्य न्यूनतम् मूल्य १०५ रुपैयाँ तोकिँदा जीवन विकासको नाममा रहेको शेयरको न्यूनतम् मूल्य ५४० रुपैयाँ तोकिएको छ । उक्त शेयरहरुमा न्यूनतम् ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
बैंकको केन्द्रीय कार्यालय थापाथली, शाखा कार्यालयहरू विराटनगर, वीरजंग, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा चैत १० गतेभित्र आवेदन दिन सकिने छ ।
यस्ता छन् शर्तहरु
१. सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको बोलकवोल प्रकृयाबाट शेयर खरिद गर्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन सक्ने छैनन् । आवेदकको प्रवन्धपत्र, नियमावलीमा शेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेको हुनुपर्नेछ ।
२. सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर खरिदका लागि प्रचलित कानून बमोजिम योग् लगानीकर्ताहरु सहभागी हुन सक्ने छन् ।
३. बोलपत्र आवेदन फारम माथि उल्लेखित संकलन केन्द्रबाट रु. १००/- नगद भुक्तानी गरी प्राप्त गर्न सकिने छ ।
४. बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
५. शेयर खरिदको लागि न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।
६. प्रत्येक कम्पनीको लागि छुट्टाछुट्टै आवेदन दिनु पर्ने छ । शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा ( खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।
७. शिलबन्दी खाम बाहिर " आफूले लिन चाहेको सम्बन्धित कम्पनीको नाम सहित संस्थापक शेयर खरीद आवेदन " उल्लेख गरेको हुनु पर्नेछ । गोप्य शिल्ड बोलपत्रमा लाहाछाप गरिएको हुनुपर्ने छ । साथै आवेदन दिँदा हरेक कम्पनीको लागि छुट्टाछुट्टै आवेदन फाराम र शिलबन्दी खाम पेश गर्नु पर्नेछ ।
८. बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको आजको मिति २०८१ / १२ / ०३ पश्चात् माथि उल्लेखित कम्पनीहरुबाट घोषणा हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश स्वीकृत आवेदनकर्ताहरुले प्राप्त गर्ने छन् ।
९. बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको सम्पूर्ण रकम शेयर खरिद आवेदन फाराममा उल्लेखित बैंक खातामा नगद जम्मा गरी सोको सक्कल बैंक भौचर वा एन आई सी एशिया क्यापिटल लिमिटेडको नाममा जारी गरिएको Good for Payment Cheque वा Manager's Cheque संलग्न गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यदी चेक भुक्तानी नभएमा दरखास्त फाराम स्वतः रद्द हुनेछ । साथै Good for payment cheque or Manager's Cheque मार्फत आवेदन गर्नेको हकमा चेक क्लियरिङ्ग शुल्क वापतको रकम आवेदक स्वयंले व्यहोर्नु पर्नेछ ।
१०. शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले सम्बन्धित नियमनकारी निकायको संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test को विवरण, कर्जा सूचना केन्द्रको कालोसूचिमा समावेश नभएको पत्र, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, प्रहरी प्रतिवेदन (Police Report) संलग्न गर्नुपर्नेछ ।
११. कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाण पत्र, पान दर्ता प्रमाणपत्र, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि, सदस्य दलालकहाँ ग्राहक खाता खोल्न आवश्यक ग्राहक परिचय आदि विवरण संलग्न गर्नुपर्नेछ ।
१२. कम्पनीको विद्यमान शेयरधनीले शेयर खरीदको लागि आवेदन पेश गरेको अवस्थामा शेयरधनी नम्बर उल्लेख गर्नुपर्नेछ । १३. म्याद नाघि आएको वा रित नपुगेको आवेदन उपर कुनै कारवाही गरिने छैन ।
१४. प्राप्त बोलपत्रहरु तोकिएका संकलन केन्द्रहरुबाट बिक्री प्रवन्धकको कार्यालयमा प्राप्त भए पश्चात सार्वजनिक सूचना प्रकाशित गरी वा सम्बन्धित आवेदकलाई अन्य कुनै माध्यमबाट जानकारी गराई बोलपत्र खोलिने मिति, समय र स्थानको बारेमा जानकारी गराईने छ ।
१५. उपत्यका बाहिरका संकलन केन्द्रहरुबाट संकलित आवेदनहरु कुरियर मार्फत पठाउनु पर्ने भएकोले कुनै कारणवश संकलन केन्द्रबाट कुरियरमार्फत पठाईएको आवेदन फारम प्राप्त नभएमा वा नष्ट भएमा नियमन निकायको राय लिएर मात्र लिलाम बढाबढको प्रक्रिया अगाडी बढाइने छ ।
१६. सबैभन्दा बढी मुल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ । प्राप्त बोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बिक्रीकर्ता बैंक र सम्बन्धित कम्पनीमा निहित रहने छ ।
१७. स्वीकृत आवेदकलाई बाँडफाँड गर्न सम्बन्धित बिक्रीकर्ता बैंकले निर्णय गरेको ३ कार्य दिन पछि बाँडफाँडमा नपरेका आवेदकहरुबाट प्राप्त रकम IPS मार्फत सिधै आवेदकको बैंक खातामा रकमान्तरण गरिने छ ।
१८. बाँडफाँडमा परेको शेयर तथा सो बाट प्राप्त हुने बोनस र हकप्रद शेयर आवेदकको नाममा प्रचलित कानुन बमोजिम शेयर खरीद कारोवार तथा नामसारी गरिनेछ । कुनै पनि अवस्थामा आवेदकले ब्याज वा कुनै किसिमको माग दावी गर्न सक्ने छैन । शेयर खरीद कारोवार तथा नामसारी गर्दा तिर्नु बुझाउनु पर्ने ब्रोकरेज लगायत सम्पूर्ण दस्तुर र शुल्क आवेदक स्वयंले व्यहोर्नु पर्नेछ ।
१९. आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । हितग्राही खाता नहुने आवेदकले एन आई सी एशिया क्यापिटल लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालय वा आधिकारीक निक्षेप सदस्यकहाँ सम्पर्क गरी हितग्राही खाता खोल्न सक्नुहुनेछ ।
२०. बोलपत्र स्वीकृत भएको खण्डमा बोलपत्र स्वीकृतिको जानकारी विक्री प्रवन्धकको Website: www.nicasiacapital.com सूचना पाटीमा हेर्न सक्नुहुनेछ ।
२१. संस्थापक शेयर खरिद गर्ने व्यक्ति/ संस्था संस्थापक समुहभित्र नै समावेश हुनेछन् ।