शीर्षकहरू

पप्पु कन्स्ट्रक्सनलाई ३५ दिनभित्र ५३ करोड बुझाउँन महालेखाको ताकेता

पप्पु कन्स्ट्रक्सनलाई ३५ दिनभित्र ५३ करोड बुझाउँन महालेखाको ताकेता

काठमाडौं । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोशी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ। 

महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो ।

घर ठेगानामा पत्राचार गर्दा समेत सरकारी बाँकी रकम बुझाउन नआएकाले सार्वजनिक सूचना प्रकाशित गरिएको महालेखाले जनाएको छ । 

null