काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
यस अघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुलाइएको र संस्थापक तर्फबाट कुनै आवेदन नपरेको जनाइएको छ । संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि संस्थाले आम सर्वसाधारण, कम्पनी, संस्था र विद्यमान शेयरधनीहरुका लागि लिलाम बढाबढ माध्यमबार सो शेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त शेयरको प्रति कित्ता मूल्य ५३१ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न चाहनेले न्यूनतम् एक हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । संस्थाको केन्द्रीय कार्यालय सुनसरी वा एनएमबी क्यापिटलको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिनुपर्ने छ । आवेदन दिइँदा खरिद गर्न चाहेको कित्ता र प्रति शेयर मूल्य खुलाउनु पर्ने छ ।