शीर्षकहरू

एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा बोलपत्र बिहीबार खोलिने

एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा बोलपत्र बिहीबार खोलिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र फागुन १ गते बिहीवार खोल्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै माघ २० गतेदेखि २७ गतेसम्म ३ लाख २० हजार ५३३ दशमलव २२ कित्ता अवितरित हकप्रद शेयर खरीदका लागि प्राप्त बोलपत्र अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा विहान ८ः३० बजे खोलिने जानकारी दिएको हो ।

कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । 

कम्पनीले कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये संथापकतर्फ २९ हजार ९७७ दशमलव ३१ कित्ता र सर्वसाधारणतर्फ २ लाख ९० हजार ५५५ दशमलव ९१ कित्ता रहेको जानकारी दिएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सम्पूर्ण कित्ता हकप्रद विक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।