शीर्षकहरू

अजोड इन्स्योरेन्स र एन.आई.सी एसियाबीच अनलाइन भुक्तानी सेवा

अजोड इन्स्योरेन्स र एन.आई.सी एसियाबीच अनलाइन भुक्तानी सेवा

काठमाडौं । अजोड इन्स्योरेन्स लि. र एन.आई.सी. एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा  प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । 

आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापा र एन.आई.सी. एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै एन.आई.सी. एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले  बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा एन.आई.सी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।