काठमाडौँ । चीनको विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले 'बीवाईडी सेन्जेन' सार्वजनिक गरेको छ । जुन संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर हो। यस जहाजले ९,२०० गाडी बोक्न सक्ने क्षमता राख्छ र यो बीवाईडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम हो।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडी का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ। यी प्रविधिले “बीवाईडी सेन्जेन“ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।
'बीवाईडी सेन्जेन' ले बीवाईडी को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि 'बीवाईडी एक्सप्लोरर नम्बर वन', 'बीवाईडी हेफे' र 'बीवाईडी छाङ्गाव' जस्ता जहाजहरूले ७,००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा ल्भ्ख् आपूर्ति गरेका थिए। बीवाईडी ले २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउनेछ ।
सन् २०२४ मा, बीवाईडी ले ४ लाख १७ हजार गाडी विदेशमा निर्यात गरेको छ । जुन सन् २०२३ भन्दा ७२ प्रतिशतले बढी हो।