शीर्षकहरू

लिबर्टी इनर्जीको लिलामी शेयरमा प्राप्त बोलपत्र माघ १८ गते खोलिँदै

लिबर्टी इनर्जीको लिलामी शेयरमा प्राप्त बोलपत्र माघ १८ गते खोलिँदै

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि ९ गतेसम्म लिलामीमा बिक्री खुला गरेको अवितरित हकप्रद शेयरको बोलपत्र माघ १८ गते खोलिने भएको छ । कम्पनीले यस अघि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा वितरण हुन नसकेको ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा बिक्री गरेको हो ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बिहान ८ बजे खोलिने कार्यक्रम तय भएको हो । कम्पनीले सर्वसाधारण समूहतर्फ विक्री नभएको शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।

५० प्रतिशत हकप्रद शेयरमध्ये लिलामीमा आएको सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम हुनेछ ।