काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ ३० गते विशेष साधारण सभा बोलाएको छ ।
माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठके लिसरा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्रको दफा ८ (ख) मा उल्लेख भए अनुसार शेयर स्वामित्व अनुपात परिवर्तन गर्ने निर्णय पनि सभाले गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २१ गते बुक क्लोज गर्न लागेको छ ।
बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।