शीर्षकहरू

हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफा ३९५.६८ प्रतिशतले बढ्यो

हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफा ३९५.६८ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफा १ करोड ६० लाख रुपैयाँ भएको छ । संस्थाले चालू आवको पुससम्म १ करोड ६० लाख नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

यो अवधिमा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ । गत आवमा सञ्चालन मूनाफा ७५ लाख ११ हजार रुपैयाँ थियो। त्यस्तै, खुद ब्याज आम्दानी पनि ३०.७१ प्रतिशतले बढेर १५ करोड ३३ लाख रुपैयाँ पगेको छ ।

संस्थाको ३१ करोड ९८ लाख चुक्तापुँजी र जगेडा कोषमा १२ करोड २ लाख रुपैयाँ  सञ्चित रहेको छ । समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपातको अनुपात बढेको छ । गत आवमा  ३.६९ प्रतिशत रहेको यस्तो एनपिएल अहिले ५.६२ प्रतिशत पुगेको छ ।