शीर्षकहरू

ब्रह्म ज्योति होल्डिङसको जगेडा शेयर बिक्रीमा

ब्रह्म ज्योति होल्डिङसको जगेडा शेयर बिक्रीमा

काठमाडौं । ब्रह्म ज्योति होल्डिङस्  लिमिटेडको जगेडामा रहेको शेयर विक्री गर्ने भएको छ । कम्पनी ऐन २०६३ को दफा ५६ को उफदफा (११) बमोजिम यस कम्पनीको आजसम्म कायम शेयरधनीहरुले कम्पनीको जगेडामा रहेको शेयर लिने भए यो विक्री गर्नका लागि यो सूचना जारी गरेको हो । 

सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र प्रति शेयर कम्पनी व्यवस्थापन शुल्क २५ रुपैयाँ थप गरि शेयरधनीरुले शेयर खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न फर्म , नागरिकता र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन पेश गर्नु पर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

 सूचना प्रकाशित भएकोमितिले ३५ दिनभित्र हाल कायम रहेका शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य इच्छुक व्यक्ति तथा संस्थाहरुलाई शेयर बिक्री गरिने समेत कम्पनीले जानकारी गराएको छ ।