काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्स कम्पनी कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।
सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिवद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यक्रम आयोजना गरेको छ । सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेकी थिइन भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए