शीर्षकहरू

युवाहरू विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरू छैन भन्ने भाष्य सिर्जना भइरहेको छ : दीपक कुमार गौतम

काठमाडौं  । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दीपक कुमार गौतमले नेपाली युवाहरू धेरै मात्रामा विदेशी रहेको बताएका छन् ।  

सोमबार विश्व युवा महोत्सव २०२५ नेपालको घोषणा गर्दै उनले दिनहुँ नेपाली युवाहरू विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरू छैन भन्ने भाष्य सिर्जना भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म बढी नागरिकहरूले देश छोडेको अवस्था छ । मंसिर महिनामा सबैभन्दा बढी युवा विदेशिएका छन् । ८४ हजार युवाहरूले देश छोडेका छन् । आज नेपालबाट थुप्रै युवाहरू विदेश गइरहनु भएको छ । जानु आफ्नो  बाध्यता हुन सक्छ, कसैले  आफ्नो राम्रो भविष्य बनाउनका निम्ति गइरहनु भएको  होला । कसैलाई आफ्नो  रोटी  रोजीको  समस्या होला, नेपालमा रोजगारी पाइएन होला त्यसैले  विदेश गइरहनु भएको  छ  होला भन्ने कुराले  चिन्तित गराइ रहेको  छ  भने  अर्को तर्फ हेर्ने हो  भने नेपाल भनेको  केही पनि सम्भावना नभएको  देश हो  भन्ने ढंगले भाष्य सिर्जना गरिँदैछ ।’

साथै उनले नेपालीहरू पलायन नभैैइ विस्तार भएको बताए । उनले नेपालमै  सम्भावना देख्ने र सम्भावनाका ढोकाहरू खोल्ने हो भने विस्तार भएका नेपालीहरू फेरी नेपालमा आउने पनि बताए ।