काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको । कम्पनीले पुस १२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट ५ प्रतिशत हकप्रद शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत सोही सभाबाट पारित गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १२ अर्ब ८४ करोड ३७ लाख २२ हजार ३०० रुपैयाँ छ । सोही पूँजी बराबरको हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडललाई नियुक्त गरेको जानकारी नेप्सेमार्फत गराएको छ ।