शीर्षकहरू

सामुदायिक लघुवित्तले फागुन ६ गते बोलायो साधारण सभा

सामुदायिक लघुवित्तले फागुन ६ गते बोलायो साधारण सभा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ६ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्काई गार्डेन रिसोर्ट , पनौति, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापकबाट चार जना र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । 

कम्पनीले शेयर संरचना परिवर्तन गर्न लागेको छ । हाल कम्पनीमा संस्थापक तर्फ ६९ दशमलव ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ३५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।संस्थापकतर्फको ८ दशमलव ५४ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन हुने गरी कम्पनीले शेयर संरचना परिवर्तन गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।