शीर्षकहरू

प्रभु केवलकारले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट

प्रभु केवलकारले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मंसिर २९ गतेदेखि माघ ४ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर माघ १३ गते बाँडफाँट गरेको छ ।

कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई आवेदन अनुसार हकप्रद शेयर बाँडफाँट गरेको हो । आफ्नो हकभन्दा बढी शेयर माग गर्ने आवेदकहरुको हकमा समेत माग बमोजिम शेयर बाँडफाँट गरिएको भनाई कम्पनीको छ । 

कम्पनीले मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुका लागि ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गरेको हो ।