काठमाडौं । काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूप तथा तीर्थस्थल हो । यो काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुपा हो ।
तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलार्द्ध ३६ मिटर छ । विश्व सम्पदा सूचीमा समावेश रहेको बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणको केन्द्र समेत हो । यहाँ पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ।