शीर्षकहरू

धौलागिरी लघुवित्तले फागुन १० गते बोलायो साधारण सभा

धौलागिरी लघुवित्तले फागुन १० गते बोलायो साधारण सभा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १० गते छैठौं वार्षिक साधारण बोलाएको छ । माघ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय बागलुङमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् । 

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २१ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयधरनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।