शीर्षकहरू

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको हकप्रद शेयर निष्काशनको लागि प्रबन्धक नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको हकप्रद शेयर निष्काशनको लागि  प्रबन्धक नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर निष्कासनका लागि निष्कासन तथा विक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीको चुक्ता पुँजीको शत्प्रतिशत अर्थात १ः१ को अनुपातमा कुल १,२८,४३,७२४ कित्ता साधारण शेयर साविक शेयरधनीहरुमा निष्काशन तथा विक्रि गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा नियुक्त भएको हो ।

आज आयोजित एक समारोहबीच  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  हेमन्त बस्यालले निष्काशन तथा विक्रि प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आ.ब. २०८०÷८१ को बार्षिक साधारण सभा बाट पारित १ः१ अनुपातको हकप्रद निष्काशनको ब्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट हुने कम्पनीले जनाएको छ ।

यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड २०६९ भदौ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्वन्धि काम÷कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंक÷वित्तीयक्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार÷व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन ।