शीर्षकहरू

आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजको हकप्रद शेयर विकेन

आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजको हकप्रद शेयर विकेन

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले मंसिर २७ गतेदेखि माघ ९ गतेसम्म निष्कासन गरेको २९ दशमलव ५६ प्रतिशत हकप्रद शेयर पूर्ण रुपमा वितरण नभएपछि लिलामीमा आएको छ । कम्पनीका  अनुसार ३ लाख १९ हजार ५९० कित्ता हकप्रद शेयर लिलामीमा आएको हो ।

माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विक्री नभएको उक्त हकप्रद शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा लिलामी गर्ने निर्णय भएसँगै यी शेयर लिलामीमा ल्याइएको हो । माघ १२ गतेदेखि निष्कासनमा आएको यी हकप्रद शेयर खरीदका लागि माघ २६ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुक खरीदकर्ताहरुले आफूले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम कम्पनीको नाममा नेपाल एसबिआई बैंक लिमिटेडको कमर्सियल शाखा, काठमाडौंमा रहेको २२५२५२४०२००३११ खाता नम्बरमा जम्मा गरी सोको भौचर भने कम्पनीको इमेलमा पठाउनुपर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ८५ करोड रुपैयाँको आधारमा २९ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी समेत गरेको छ । गत मंसिर १४ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको हो ।