शीर्षकहरू

क्यापिटल मर्चेन्ट बैंकिङ्ले १३ वर्षको साधारण सभा एकै पटक गर्ने

क्यापिटल मर्चेन्ट बैंकिङ्ले १३ वर्षको साधारण सभा एकै पटक गर्ने

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले १३ आर्थिक वर्षको संयुक्त साधारण सभा फागुन ५ गते बोलाएको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोल्फुटार, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिाक वर्ष २०६७/६८ देखि २०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

 नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको यो कम्पनीले घोषणा पश्चात् सञ्चालक समितिमा भएको हेरफेर तथा नयाँ गठित सञ्चालक समितिले तत्कालित अवस्थामा गरेका काम कारबाहीलाई पनि सभाले अनुमोदन गर्नेछ । आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्नेछ । 

। संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जनार सर्वसाधारणबाट प्रतिनिधित्व हुने २ जना गरी पाँच जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा माघ २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।